रामेछापको स्थानीय तहमा भ्रष्टाचार भएको सभापति न्यौपानको आरोप



२३ मंसिर, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानले रामेछापको स्थानीय तहमा अनियमितता भएको आरोप लगाउनुभएको छ । उहाँले स्थानीय तहमा उपभोक्ता समिति नै गठन नगरी खुलेआम रुपमा बजेट निकास गरेर अनियमिता भएको आरोप लगाउनुभएको हो ।


जिल्ला समन्वय समिति रामेछापको दोस्रो सभालाई सम्बोधन गर्दै सभापती न्यौपानेले उपभोक्ता समिति गठन नगरी कार्यकर्ता पोस्न स्थानीय जनप्रतिनिधिहरु लागेको बताउनुभयो ।

सरकारले गरिरहेको गतिविधिमा आफूहरुको ध्यान गइरहेको बताउदै यस्ता गतिविधिहरु नियमित भए स्थानीय, प्रदेश र केन्द्रीय सरकारको बिरुद्धमा काग्रेस खरो भएर उत्रने चेतवानी समेत उहाँले दिनुभयो । रामेछापको आठ वटा स्थानी तहमा एक मात्र स्थानीय तह रामेछाप नगरपालिका मात्र कांग्रेसले नेतृत्व गरिरहेका छन् । बाँकी सात वटा स्थानीय तहमा नेकपाले स्थानीय सरकार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्