दस बर्षसम्म पक्की पुल नबनेपछि रामेछाप–सिन्धुली जोडने सुनकोसीमा बन्यो अस्थायी पुल



२७ मंसिर, रामेछाप ।
पुल निर्माण सुरु भएको दस बर्ष वितिसक्दा समेत रामेछाप–सिन्धुली जोडने पक्की पुल निर्माण हुन सकेको छैन् । पुल निर्माण भएको लामो समय विते पनि अझै ठेकेदारले पर्याप्त चासो देखाएको छैन् । पुल निर्माणको काम अगाडि बढेपनि सुस्त गतिमा मात्र काम अगाडि बढेको छ । पक्की पुल सञ्चालनमा आउन नसकेपछि स्थानीयको पहल र मध्य पहाडी लोकमार्ग सक्रियतामा अस्थायी पुल सञ्चालनमा आएको हो । रामेछाप–सिन्धुली जोडने खैरेनीघाटस्थित कोथबेमा अस्थायी पुल आजबाट सञ्चालनमा आएको छ । हाल निर्माणाधिक मध्य पहाडी लोकमार्ग कोथबेदेखि सित्खा खण्ड निर्माण गर्नुपर्ने भएकाले सुनकोसीमा अस्थायी पुल निर्माण गरिएको हो ।

पुल सञ्चालनमा आएपछि दोरम्बा, सुनापती खाँडादेवी गाउँपालिकाका स्थानीयलाई काठमाडौं आवत जावत गर्न सहज एको छ ।
अस्थायी पुल निर्माणमा भूमिका खेल्नुभएका स्थनीय भुवन घिमिरेले पुल सञ्चालनमा आएपछि रामेछापवासीलाई काठमाडौं आवत जावत गर्न सहज भएको बताउनुभयो । विगतका बर्षहरुमा भन्दा यस बर्ष समयमा नै अस्थायी पुल निर्माण भएको कारण अबको छ महिना यातायात सञ्चालन गर्न सहज हुने उहाँले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।


अस्थायी पुलको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले उदघाटन गरेपछि आजबाट पुल सञ्चालनमा आएको छ । तीन गाउँपालिका बासिन्दालाई सित्खाबाट घण्टौ घुमेर आउनु पर्ने बाँध्यता हटेको छ । पुल उदघाटन कार्यक्रममा खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठ, सुनापती गाउँपालिका–४ बेथानका वडा अध्यक्ष खड्ग घिसिङ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्