रामेछापकाे दोरम्बा गाउँपालिकाका जनतालाई घरदैलोमा नै सेवा दिदै जनता बैंक



नारायण श्रेष्ठ
२७ मंसिर, रामेछाप । स्थानीय तहको सरकार गठन भएसँगै रामेछापको दोरम्बा गाउँपालिकाका जनतालाई जनता बैंकले घर दैलोमा नै सेवा प्रदान गरेको छ । केही समय अघिबाट कारोबार सुरु गरेको जनता बैंकले नागरिकरुको आवश्यकलाई पहिलो प्राथमिकता दिएर सेवा सुरु गरेको हो । दोरम्बा गाउँपालिकाको केन्द्र टोरकपुरमा पहिलो पटक बैंक सञ्चालनमा आएपछि आर्थिक कारोबार गर्न निकै सहज भएको छ ।

सरकारले हरेक स्थानीय तहमा बैंक स्थापना गर्ने लक्ष्य अनुसार दोरम्बा गाउँपालिकाको केन्द्र टोकरपुरमा पनि केही समयदेखि बैंकले सेवा प्रवाह गर्दै आएको छ । गाउँपालिकाको केन्द्रमा बैंक स्थापना भएपछि गाउँपालिकाको सम्पूर्ण कारोबार जनता बैंकबाटै हुँदै आएको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताउनुभयो ।

बैंक स्थापना भएपछि घण्टौ धाएर सदरमुकाम मन्थली जाने बाँध्यता हटेको छ । दोरम्बा गाउँपालिका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले गाउँपालिकाकासँगै विभिन्न संघ संस्था, समुह, सामुदायिक विद्यालयहरुले पनि जनता बैंकबाट सेवा प्राप्त गरेको बताउनुभयो । ‘गाउँपालिकाले सुरुदेखि नै बैंकको लागि पहल गरेको थियो, केही समय प्राविधिक कारणले ढिलासुस्ती भएपनि अहिले गाउँपालिकाको केन्द्रबाट सेवा प्रवाह भएपछि धेरै खालको बाँध्यता हटेको छ ।’


जनता बैंक टोकरपुरका शाखा प्रबन्धक बासुदेव ढुंगानाले स्थानीय तहमा छरिएर रहेका स–सना बचत रकमलाई निक्षेपको रुप्मासंकलन गरी स्थानीय समुदायको आर्थिक जीवनस्तरमा सुधार ल्याउनु प्रमुख काम रहेको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘नागरिकहरुको आर्थिक जीवनस्तर अभिबृद्धि गर्न मुद्दत गर्ने, कृषि तथा विपन्न बर्ग कर्जा, लघुउद्यम कर्जा र घर कलाईलाई विशेष प्राथमिकता दिएर काम गरेका छौं ।’

उहाँका अनुसार बैंक संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समय–समयमा घरदैलो कार्यक्रम, वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेको छ । साथै गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने कार्यक्रम रहेको ढुगानाले बताउनुभयो । स्थानीय स्रोत र साधनको उपयोग गरी आर्थिक रुपमा दोरम्बालाई समृद्ध बनाउने मुख्य उदश्यको साथ टोकरपुरमा जनता बैंकको ११५ औ शाखा स्थापना भइएको हो ।

प्रतिक्रिया दिनुहोस्