युनाइटेड मन्थलीले जित्यो १ लाख ११ हजारको पुरस्कार



रामचन्द्र वि.क.
२८ मंसिर, रामेछाप । दोस्रो वीर गणेशमान सिंह स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिताको उपाधी मन्थली युनाइटेड समाजले जितेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा प्रथम हुँदै युनाइटेड समाजले १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको हो ।

त्यस्तै प्रतियोगिताको उपबिजेता हुँदै प्याराडाइज युवा क्ल्ब खिम्तीले ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ भने तृतिय हुँदै शिवालय युवा क्लबले ३३ हजार ३ सय ३३ रुपैयँमा चित्त बुझाएको छ । खेलमा सान्तवना पुरस्कार पाएकाे शान्ति विकास कल्याण समाज पिङ्खुरी ११ हजार १ सय ११ रूपैयाँ प्राप्त गरेकाे छ ।

राष्ट्रिय खेलको रुपमा रहेको भलिवल खेलप्रति पछिल्लो समयमा खेलाडीको चासो घट्दै गएकाले खेलप्रतिको चासो र जिल्लामा खेलाडी उत्पादनमा सहयोग पुग्ने उद्देश्यले जिल्ला स्तरीय खेलको आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रतियोगिताले जिल्लामा भएका खेलाडीलाई प्रेरित गरेको नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापका अध्यक्ष रमेश खड्काले बताउनुभयो । मंगलबारदेखि सुरु भएको खेलमा जिल्ला भित्रका १२ टिमको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्