राष्ट्रपति भण्डारीलाई १ अर्ब ५० करोडको हेलिकप्टर



१ पुस, काठमाडौं । १८ करोडको गाडी खरिद प्रकणबाट विवादमा तानुनु भएका राष्ट्रपति विद्यादेवी भण्डारलाई सरकारले १ अर्ब ५० करोडमा हेलिकप्टर खरिद गरेको छ । विलाशी गाडीको खरिद गर्ने निर्णयसँग आलोचित बन्नु भएका राष्ट्रपतिलाई हेलिकप्टर खरिद गरेसँगै थप विवादित बनाएको हो ।
मन्त्रिपरिषद् बैठकबाट स्वीकृकत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो ।

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्टयाण्डबाइ रहनेगरी महँगो हरिकप्टर खरिद गरेको हो । हाल राष्ट्रपति बस्दै आउनु भएको शितल निवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएपछि त्यहाँ हेलिप्याड निर्माण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्