दोरम्बा गाउँपालिका प्रदेशस्तरीय उपाध्यक्ष कप सम्पन्न



नारायण श्रेष्ठ
२ पुस, रामेछाप । खेलकुदको विकास गर्ने उदेश्यले रामेछापको दोरम्बा गाउँपालिकामा पहिलो पटक आयोजना गरिएका तीन नम्बर प्रदेश स्तरीय उपाध्यक्ष कप प्रतियोगीता सम्पन्न भएको छ । दुई दिनसम्म चलेको प्रतियोगतीमा प्रदेश तीनका ११ जिल्लाका करिब २ सय सय वादो करातेका खेलाडीहरु सहभागी भएका थिए ।

दोरम्बा गाउँपालिकाको आयोजनामा र आई.डब्लु.एफ.एन.कराते डो संघ जिल्ला डोजो रामेछापको सह–आयोजनामा सम्पन्न भएको प्रतिगोतीको बाजी काभ्रे जिल्लाले मारेको छ । प्रतियोगीतामा काभ्रे जिल्ला प्रथम, रामेछाप जिल्ला दोस्रो र ललितपुर जिल्लाले तृतिय भएका छन् ।


११ जिल्लाका २ सय भन्दा बढी खेलाडीले सहभागी प्रतियोगीतमा विभिन्न उमेर तौल समुहमा विभाजन गरिएको थियो । दोरम्बा गाउँपालिका कार्यालय रहेको कण्ठेश्वर माविमा सम्पन्न प्रतियोगतीमा विजयी टिमलाई प्रदेश नम्बर १ का सांसद शान्ति पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खडका, रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । खेलाडी टिमलाई मेडल, ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले अगामी दिनमा पनि खेलकुदको कार्यक्रमलाई निरन्तरता दिदै लैजाने बताउनुभयो । गाउँपालिकाले खेलकुदको विकासका लागि कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै उहाँले दोरम्बा गाउँपालिकाभित्र राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय खेलाडी समेत हुने प्रतिभावान खेलाडीहरु रहेको बताउनुभयो ।
खेलाडी समेत रहनुभएका दोरम्बा गाउँपालिका उपाध्यक्ष कृशला घिसिङले दोरम्बा गाउँपालिकालाई खेलकुद मार्फत नमूनाको रुपमा पहिचान गराउने लक्ष्य अनुसार खेलकुदको कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका दोरम्बा–६ लखनपुरका वडा अध्यक्ष अम्बिकाप्रसाद गजुरेल,दोरम्बा–३ टोकरपुरका वडा अध्यक्ष लालबदन थापामगर, दोरम्बा–२ दोरम्बाका वडा अध्यक्ष खड्गबहादुर श्रेष्ठ, दोरम्बा–५ का वडा अध्यक्ष गंगाबहादुर तामाङ, दोरम्बा ७ लखनपुरका वडा अध्यक्ष रेम थापामगर र कार्यपालिकाका सदस्य लगायतको सहभागीता रहको थियो ।
खेलकुदको कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्