इन्जिनियर्स एशोसियसन ३ प्रदेशको सदस्यमा रामेछापका कार्की निर्वाचित



२ पुस, काठमाडौं ।
इन्जिनियर्स एशोसियसन ३ नम्बर प्रदेशको सदस्यमा रामेछापका इन्जिनियर सरोज कार्की निर्वाचित हुनुभएको छ । रामेछाप खाँडादेवी गाउँपालिका–५ पकरवासमा जन्मिनु भएका कार्कीले २८ सय ५१ मत प्राप्त गरेर सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रयागेश्वर मावि पकरवासबाट एसएलसीसम्मको अध्ययन गर्नुभएका कार्कीले सिभिल इन्जिनियरिङमा स्नातक र अर्थकुइक इन्जिनियरिङमा स्नाकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।

हाल इन्जिनियरको घर प्रालिका प्रबन्ध निर्देशक रहनुभएका काकीसँग देशभरका विभिन्न स्थानीय तहहरुसँग परामर्शदाताको रुपमा काम गरेको अनुभव रहेको छ । नवनिर्वाचित सदस्य कार्कीले नेपाल इन्जिनियर्स एशोसियसनमा रहेको समस्या समाधानको लागि काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘इन्जिनियरको सामुहिक बीमा गर्ने ,इन्जिनियरिङ स्टाफ कलेजको स्थापना गर्ने , इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने,इन्जिनियर्स हाइड्रो स्थापना गर्न लाग्छु ।’ उहाँले रामेछाप जिल्लाको विकास निर्माणको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्