रामेछापमा छिमेकीलाई खुकुरी हान्ने खत्री २ लाख धरौटीमा छुटे



३ पुस, रामेछाप ।
रामेछापको रामेछाप नगरपालिका–१ गोठगाउँका ४० वर्षिय पहलबहादुर सार्कीलाई खुकुरी प्रहार गर्ने छिमेकी हरिभक्त खत्री दुई लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत रामेछापले उनलाई मंगलबार दुई लाख धरौटी लिएर तारेखमा छोडेको हो ।
खुकुरी प्रहार गर्ने खत्रीलाई प्रहरीले ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नीरिक्षक राजेन्द्र थापाले जानकारी दिए ।
मंसिर १३ गते सार्कीलाई खत्रीले टाउको र हातमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका सार्कीको अवस्था सामन्य बनेको थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्