रामेछाप–दोलखाको सीमाना सैलुङमा सुविधा सम्पन्न विमानस्थल !



स्नेहा सिलवाल

४ पुस, काठमाडाैं । रामेछाप र दोलखाको सीमाना पयर्टकीय क्षेत्र सैलुङ्गमा सुविधा सम्पन्न विमानस्थल निर्माणको प्रस्ताव अगाडि सारिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पयर्टकीय क्षेत्र सैलुङमा विमानस्थल निर्माण गर्ने प्रस्ताव अगाडि सारेको हो । नेकपाको सात सदस्यीय कार्यदलले पर्यटन विकासमा सहयोग पुग्ने गरी विनमास्थल निर्माण गर्नु पर्ने प्रस्ताव सारिएको छ ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकता पार्टी एकता संयोजन समितिद्वारा सुशासन र विकासका प्राथमिकताका सम्बन्धमा सुझाव दिन गठित कार्यदलको प्रतिवेदनमा सैलुङ्गमा विमानस्थल निर्माण गर्ने प्रस्ताव अगाडि सारिएको हो ।

वामदेव गौतम संयोजक रहेको कार्यदलमा भीम रावल, डा. विजय पौडेल र डा. युवराज खतिवडा गिरिराजमणी पोख्रेल, वर्षमान पुन र डा. मीनबहादुर श्रेष्ठ सदस्य रहेका थिए । वामदेव गौतमको कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन भएको अवस्थामा आगामी बर्षबाट विमानस्थल निर्माणको लागि अध्ययनको काम अगाडि बढाइने छ ।


नेकपाको जारी स्थायी कमिटीको बैठकमा पनि नेता वामदेव गौतमले सैलुङ्ग लगायत देशका विभिन्न क्षेत्रमा अगाडि सारिएका विकास निर्माणको कामलाई कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिएका छन् ।
विमानस्थल निर्माण गर्ने प्रस्तावले रामेछापको दोरम्बा गाउँपालिका दोलखाको सैलुङ गाउँपालिकाका बासिन्दा नयाँ चर्चा र बहस सुरु भएको छ । प्रतिवेदनमा दस बर्षभित्र विमानस्थल निर्माण गर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्