राकाथुमको कुलोडाँडाबाट अब काठमाडौ सरर….



४ पुस, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको कुलोडाँडाबाट अब सिधै काठमाडौंसम्म वस सेवा सञ्चालनमा आएको छ । रामेछाप सिन्धुली जोडने सुनकोसीमा अस्थायी पुल निर्माण भएसँगै राकाथुमको कुलोडाँडाबाट काठमाडौंसम्म सिधै बस सेवा सञ्चालन भएको हो ।


खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष विष्णु श्रेष्ठको पहलमा राकाथुमको कुलोडाँडाबाट काटेश्वरसम्म हिमाल तराई यातायातको बस सञ्चालन भएको छ । वडा अध्यक्ष श्रेष्ठले वस सञ्चालन भएपछि नागरिकहरुलाई काठमाडौं आवतजावत गर्न सहज हुनुको साथै कृषिजन्य वस्तु बजारसम्म लैजानको लागि समेत सहज भएको रामेछाप न्युजलाई बताउनुभयाे ।

गाउँमा मिटी ट्रकहरु सञ्चालनमा आएपछि नियमित रुपमा काठमाडौसम्म सिधै बस सेवा सञ्चालन हुन सकेको थिएन । सुनकोसी नदीमा अस्थायी पुल सञ्चालनमा आएपछि खाँडादेवी गाउपालिकाको राकाथुम, सुनापती गाउँपालिकाका र दोरम्बा गाउँपालिकाका बासिन्दालाई राहत भएको छ ।


पहिलो पटक गाउँबाटै सिधै बस सेवा सञ्चालन भएपछि स्थानीयले हिमाल तराई यातायात समितिको पदाधिकारी चालकलाई भव्य रुपमा स्वागत गरेका थिए । राकाथुमका क्रियाशिल संस्था प्रगतिशिल युवा समाजले पनि पिलटारमा भव्इ रुपमा स्वागत गर्दै खुसियाली मनाएको छ

प्रतिक्रिया दिनुहोस्