काठमाडौंमा भ्यानको ठक्करबाट रामेछाप देउरालीका श्रेष्ठको मत्यु



५ पुस, काठमाडौं ।
काठमाडौंको बसुन्धारामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । आज बिहान ३ बजे बा ४ च ६८४८ नम्बरको भ्यानले बा ९७ प ७८३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक रामेछाप देउराली ४ घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका अनिल श्रेष्ठको ज्यान गएको हो । मृतक अनिलकी आमा भगवतीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्