रामेछापकाे गुम्देलमा विकासको नाममा चरम लापवाही



६ पुस, रामेछाप । रामेछापको उत्तरी क्षेत्र उमाकुण्ड–१, गुम्देलमा सडक स्तरउन्नतीको नाममा जलविद्युत आयोजनाले निर्माण गरिरहको सडकको कारण स्थानीय हिडने पुल नै भत्काएको छ । वडा नं. १ को गुम्देलबाट आयोजनाको निर्माणस्थालमा जोडने सडक स्तरउन्नती गर्ने नाममा गुम्देल खोलामा रहेको झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीय आक्रोशित भएका छन् ।


त्यति मात्रै नभइ उक्त ठाउँमा सडक स्तरउन्नती गर्न डोजर ल्याउने क्रममा देउराली देखि गुम्देलसम्मको बनेको सडकमा समेत ठूलो क्षेति हुने गरी डोजर ल्याइएको स्थानीयको आरोप छ ।
उमाकुण्ड–१ लाछेवरमा ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजना निर्माणको लागि भिजन इनर्जी एण्ड पावार प्रालिले सडक स्तरउन्नतीको काम सुरु गर्दा उक्त प
पुलमा क्षति पुगेको हो । आयोजनाले भने नुप्चे लिखु जलविद्युतको काम सुरु गर्नको लागि सडक स्तरउन्नती तथा विस्तर स्थानीयको माग बमोजिम काम गरेको दाबी गरेको छ । चुप्चे लिखु जलविद्युत आयोजना र डुगड गु्रप प्रालिले संयुक्त रुपमा उक्त सडकको स्तरउन्नती गरिरहेका हुन् ।

स्थानीय भन्छन–सडक स्तरउन्नतीको नाममा विनाश भो
साविकको गुम्देल–१ लाहछेवार र गुम्देल–२ क्यामाका स्थानीयहरु आवतजावत गर्ने झोलुङ्गे पुल मान्छे हिड्नै नहुने गरी क्षति पुगेपछि आफूहरुलाई त्यो बाटो भए हिड्न समस्या भएको क्यामाका तेन्जी शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो,‘काम सुरु गर्दा हामीलाई थाहै नदिइ काम सुरु गरियो, नियमित रुपमा विद्यार्थी र स्थानियहरु हिड्ने पुलमा मान्छे हिड्नलाई बन्देज लगाएर काम सुरु गरिएछ, अहिले त पुलमा नै क्षति पुगेको छ, जसको कारण स्थानीय र विद्यार्थीहरु आवतजावत गर्न घण्टौको बाटो, त्यहीँपनि भिरको बाटोमा जोखिम मोलेर हिड्नु पर्ने बाध्यता आएको छ ।’ उहाँले विग्रिएका संरचना नबनाए गाउँ नै आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो ।

स्थानीय जनप्रतिनिधि पनि असन्तुष्टी
बाटो स्तरउन्नतीको काम सुरु गर्दा आफूहरुलाई समेत सबै कुराको जानकारी नगराइ काम थालिएको वडा नम्बर १ का वडा अध्यक्ष नुर्बु शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘वडाभित्र काम गर्दा कसरी गर्ने, त्यसको असर कस्तो छ, फाइदा कति छ, स्थानीयको माग केही भन्ने कुराको थाहा हुनु जरुरी छ, त्यो विषमा मौखिक रुपमा केही कुरा भए पनि लिखित रुपमा कुनै पनि निर्णय भएको छैन् ।’


उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले सडक स्तरउन्नती हुनु राम्रो भएपनि बनेका संरचना जोगिने गरी काम नगरेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले स्थानीयको मेहनतले बनेको सडक समेत भत्काउने गरी डोजर ल्याउँदा लाखौँको क्षति भएको र स्थानीय नागरिकले बिग्रिएको सडक बनाउन आग्रह गर्दा हाम्रो काम डोजर ल्याउने हो, बनाउने अर्कै आउँछ भन्दै जिम्मेवार मानिसले गैरजिम्मेवारी भएर उत्तर दिएर काम नगरी उम्किन खोजेको आरोप लगाउँनुभयो । उपाध्यक्ष कार्कीले सडक स्तरउन्नती लपारबाही ढंगले रिदाँ २० लाख भन्दा बढीको क्षति पुगेको बताउनुभयो । उहाँले आगामी दिनमा काम गर्दा बनेका संरचनालई क्षेति नपुग्ने गरी र क्षति पुगेको संरचना निर्माण गरिदिन आग्रह समेत गर्नुभयो । उपप्रमुख कार्कीले काम सुरु गर्दा वातावरणिय प्रभाव मुल्याङक (इआइए) नै नगरी काम सुरु गरिँदा वातवरणमा क्षति पुगेको बताउनभुयो ।

सामन्य क्षति भएको होः भिजन इनर्जी
सडक स्तरउन्नतीको काम गर्न स्थानीयले नै माग गरेकाले आफूहरुले काम अगाडि बढाएको भिजन इनर्जी एण्ड पावर प्रालिका व्यवस्थापक रामचन्द्र शर्माले बताउनुभयो । उहाँले स्थानीयले भने जस्तो ठूलो क्षति नभको दाबी गर्दै क्षति पुगेका संरचना चाँडै बनाइदिने बताउनुभयो । शर्माले काम सुरु गर्दा स्थानीय प्रतिनिधिलाई सोधेर नै सुरु गरेको बताउनुभयो । उहाँका अनुसार उक्त सडक स्तर उन्नतीको काममा अनुमानित ८ देखि १० लाख लाग्ने छ । सडकको स्तरउन्नतीको काम अगाडि बढाउने क्रममा ढुंगा खसेर झोलुङगे पुलमा सामान्य क्षति पुगेको र मर्मतको लागि आफूहरुले भनिसकेको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्