हिमालय उर्जा विकास कम्पनीद्धारा रामेछाप र दोखलाका स्थानीय प्रभावित क्षेत्रको शेयर भाँडफाँड कसले कति पाए ?



६ पुस, काठमाडौं ।
हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर (आईपिओ)बाँडफाँड भएको छ । आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाका स्थानीय बासिन्दाका लागि कम्पनीले कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्म निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरेको हो ।

हिमालय ऊर्जा विकास कम्पनीद्धारा आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाका स्थानीय बासिन्दाका लागि कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्म निष्काशन गरेको शेयर पुस ६ गते शुक्रबार बाँडफाँड भएको छ । कम्पनीको आईपिओमा अति प्रभावित र प्रभावित क्षेत्रका स्थानीयहरूबाट ७ हजार ४० जनाले ११ लाख ९८ हजार ९७० कित्ता शेयर माग गरेको थियो। कम्पनीको शेयरमा आवेदन गरेका सबै आवेदकले शेयर पाएका छन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका अनुसार आयोजनाबाट अति प्रभावित गोकुलगंगा गाँउपालिका वडा नम्बर १ (साबिकको चुचुरे गाविस) र जिरी नगरपालिका वडा नम्बर १ र २ (साबिकको श्यामा गाविस) का स्थानिय बासिन्दाहरुबाट न्युनतम ५० कित्ता देखि ४५० कित्तासम्म माग गर्ने सबै आवेदकलाई मागे जति नै शेयर बाँडफाँड गरिएको जनाएको छ ।

त्यस्तै ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने सबै आवेदकलाई न्यूनतम ४५० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरेर बाँकी रहेको २३० कित्ता शेयर ५०० कित्तादेखि अधिकतम ४९०० कित्तासम्म आवेदन गर्ने कूल ३८७ आवेदकमध्ये गोलाप्रथाबाट २३ जना आवेदकले थप १० कित्ता गरि ४६० कित्ताको दरले शेयर प्राप्त गरेका छन् ।

यसरी हेर्दा अति प्रभावित स्थानीयले न्यूनतम ५० कित्तादेखि अधिकतम ४६० कित्तासम्म शेयर प्राप्त गरेका छन् । आयोजनाबाट अति प्रभावित बासिन्दाहरुबाट कूल २ हजार १३१ जना आवेदकबाट ५ लाख ७६ हजार ६३० कित्ताको लागि आवेदन परेको थियो ।

उता आयोजनाबाट प्रभावित क्षेत्रहरु गोकुलगंगा गाउँपालिका वडा नम्बर २,३,४, र ५, (साबिकको ठोसे, रस्नालु, बेताली र नामाडी गाविस), जिरी नगरपालिका वडा नम्बर ३ (साबिकको माली गाविस), तामाकोशी गाउँपालिका वडा नम्बर ५ र ६, (साबिकको सहरे र च्यामा गाविस) तथा मन्थली नगरपालिका वडा नम्बर १३ (साबिकको फुलासी गाविस) का स्थानीयहरुबाट न्युनतम ५० कित्ता देखि २०२० कित्तासम्म आवेदन गर्ने आवेदकले माग अनुसार नै शेयर पाएका छन् ।

२५०० कित्तादेखि ४९०० कित्तासम्म शेयर माग गर्ने सबै आवेदकलाई न्यूनतम २०८० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ । यसरी बाँडफाँड गरि बाँकी रहेको ३० कित्ता शेयर २५०० कित्तादेखि ४९०० कित्तासम्म माग गर्ने कूल १४ आवेदकमध्ये गोलाप्रथाबाट ३ जनाले थप १० कित्ता गरि २०९० कित्तासम्म शेयर प्राप्त गरेका छन् ।

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयहरुबाट ४ हजार ९०९ आवेदकले कूल ६ लाख २२ हजार ३४० कित्ता शेयर माग गरेका थिए ।

कम्पनीले निष्काशन गरेको कुल शेयर मध्ये ४० प्रतिशत अर्थात ३ लाख ९६ हजार कित्ता शेयर अति प्रभावित क्षेत्रका बासिन्दाका लागि र ५ लाख ९४ हजार कित्ता आयोजनाबाट प्रभावित स्थानीयका लागि कूल ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमा न्युनतम ५० कित्ता देखि ४ हजार ९०० कित्ता सम्म आवेदन गर्ने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
rUVE, a6VKswaps, tpcbneWsxW, g5Eqh63xyFPp2w, sEsV, nGklp, grPep, 83hrWQ, 0Ba4sk7TojBgX, jt1OKT