रामेछापमा ६० प्रतिशतले भुकम्प पीडितलाई तेस्रो किस्ता



७ पुस, रामेछाप
रामेछाप जिल्लामा निजी अवास निर्माणको लागि ६० प्रतिशत भकुम्प पीडितहरुले तेस्रा किस्ता लिएका छन् । निजी आवसको लागि रामेछापका ४५ हजार २ सय ३४ जनाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भूकम्पीय आवास पुनर्निर्माण शाखा रामेछापका प्रमुख कृष्णलाल पियाले मापदण्ड पुगेका घरलाई किस्ता उपलब्ध गराएको रामेछाप न्युजलाई बताउनुभयो ।


जिल्लामा प्रवलीकरणमा परेका ६ हजार ५ सय ९५ जना लाभग्राही मध्ये ५ प्रतिशतले प्रथम किस्ता बापतको रकम पनि बुझेको प्रमुख पियाले बताउनुभयो । निजी आवसको लागि प्रथम किस्ता रकम बुझेका १३ प्रतिशत लाभग्राहीले अझै पनि दोस्रो किस्ता बापतको रकम बुझेका छैनन् । रामेछापमा पुननिर्माणको काम धमाधम भइरहे पनि अपेक्षाकृत रुपमा काम भने हुन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्