रामेछापको ७ सामुदायिक क्याम्पसलाई १ करोड ४५ लाख (सूचिसहित)



७ पुस, रामेछाप । शिक्षा क्षेत्रको गुणस्तर बढाउनको लागि प्रदेश नम्बर ३ को सरकारले रामेछापको ७ वटा सामुदायिक क्याम्पसको लागि साढे १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा प्रदेशका १३ वटा जिल्लाका १०३ वटा क्याम्पस मध्ये रामेछापको सात वटा सामुदायिक क्याम्पस छनोट भएको हो ।


३ नम्बर प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगमी दिनमा रामेछापको सामुदायिक क्याम्पसहरुको सुधारको लागि थप बजेटको व्यवस्था गर्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयबाट विनियोजित बजेटको लागि सात वटा क्याम्पसले प्रस्ताव पेश गर्नुपर्ने हुन्छ । प्रदेश सरकारबाट प्राप्त हुने बजेट विद्यालयल शैक्षिण क्षेत्रको सुधार र व्यवस्थापकिय क्षेत्रमा खर्च गर्न पाउनेछ ।

प्रदेश सरकारले गौरीशंकर बहुमुखी क्याम्पस रामेछाप २० लाख, मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस २५ लाख, सिध्देश्वर एजुकेशन पब्लिक क्याम्पस २० लाख, हिमगंगा बहुमुखी क्याम्पस २० लाख, तामाकोसी क्याम्पस २० लाख, शारदोदय बहुमखी क्याम्पस २० लाख, जनजागृत शिक्षा क्याम्पसलाई २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्