१७ वर्षमा अम्बर आदर्श सहकारीको बचत २ करोड ११ लाख



रामचन्द्र वि.क.
७ पुस, रामेछाप । ग्रामिण क्षेत्रमा छरिएर रहेका पैसालाई एकीकृत गर्ने उदेश्यको साथ २०५८ सालमा स्थापना भएको अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्था लि. मन्थलीले १७ बर्षको अवधीमा आइपुग्दा ६ लाख ७१ हजार ८ सय ४१ रुपैँया खुद नाफा कमाउन सफल भएको छ । शनिबार मन्थलीमा सम्पन्न संस्थाको १७ औँ साधारणसभामा १७ बर्ष सम्म आइपुग्दा कमाएको खुद नाफाको बारेमा जानकारी गराएको हो ।


सहकारीले अहिले २ करोड ११ लाख ३ हाजर ८ सय ८७ रुपैयाँ बराबरको आर्थिक कारोबार गरीरहेको छ । साविकको रामेछाप गाविस–१ डुम्रीबोटेका २५ जना सदस्यबाट सुरु गरिएको सहकारीको आहिले ६ सय ७ जना सदस्या पुगेका छन् । रामेछापको डुम्रीबोटेमा स्थापना भएको अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अहिले सदरमुकाम मन्थलीमै कार्यालय सारेर मन्थलीलाई मुख्य बजार बनाएर काम गरीरहेको छ ।

सहकारीले उत्पादन मूलक क्षेत्रमा लगनी गर्नु पर्छः घिमिरे
साधारणसभामा बोल्दै रामेछाप जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले जिल्लामा भएका अधिकाशं सहकारीलहरुले अनुउत्पादनमूलक क्षेत्रमा लगनी गरेको हुँदा सहकारीका सदस्यहरुलाई फाइदा हुने गरी दिगो उत्पादनमूलक क्षेत्रमा लगनी गर्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै रामेछाप जिल्ला सहकारी संघका कार्यबहक अध्यक्ष हिमाल ढुङ्गेलले सरकारले सहकारीलाई तीन खम्बे नीतिको रुपमा स्वीकार गरेको भएत पनि सरकारले नै सहकारीलाई प्राथमितमा नराखेको आरोप लगाउनुभयो । उहाँले सरोकारवाला निकायहरु सहकारीप्रति उदासिन भएको कारण सहकारीहरु व्यवस्थित हुन नसकेको बताउनुभयो ।

सदस्यहरुले गरेको बचतको ब्याज कम भयोः राजनीतिक दल
नेपाली काग्रेसका जिल्ला सचिब लेख बहादुर कार्कीले ऋण लगानी गर्दा सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर गर्दा उनीहरुको आर्थिकस्थिति मजबुद हुने बताउनुभयो । सहकारी विकासको लागि सबैले साथ दिनु पर्नेमा कार्कीले जोड दिनुभयो । कार्यक्रममा नेकपा रामेछापका नेता आनन्द श्रेष्ठले सहकारीले ऋण लगानी गर्दा धेरै ब्याज लिने तर बचत गर्दा कम ब्याज दिदाँ सदस्यहरुको आर्थिक स्थितिमा सुधार नआएको बताउनुभयो । उहाँले जिल्लाका सहकारीले सदस्यलाई दिने ब्याज निकै कम भएकाले आगमी दिनमा ब्यज बढाएर सदस्यहरुलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।


संचार जगत पनि सहकारी विकासमा लागेको छः नयाँघरे
सहकारी विकासमा सञ्चार जगतको पनि मुख्य हात हुने भएकाले सहकारीले गरेका राम्रा कामको प्रसंसा र नकरात्कम गतिविधिको खबदारीमा लागी रहने पत्रकार महासंघ ३ नं. प्रदेशका सदस्य बद्री नयाँघरेले बताउनुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेलले जिल्लामा क्रियाशिल सहकारीसँग सदस्यहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरी संचार माध्यमले सहयोग गर्ने बताउनुभयो । उहाँले सहकारीले गरिरहेका हरेक गतिविधिमा संचार माध्यमको ध्यान गइरहेको र कही गल्ती गरे तुरुन्त आवाज उठाउने बताउनुभयो ।

सहकारीले सदस्यको पक्षमा काम गर्छः अध्यक्ष थापा
सहकारीका अध्यक्ष कृष्ण थापाले सदस्यहरुले जम्म गरेको रकमले सदस्यहरुलाई नै अपठ्यारो पर्दा सहयोग पु¥याउने बताउनुभयो । सहकारीले आगमी दिनमा सदस्यहरुको पक्षमा पाइदा पुग्ने गरी काम गर्ने थापाले बताउनुभयो । सहकारीले आफ्नो १७ औँ साधारणसभालाई फरक तरिकाले गरको छ ।

साधारणसभा सदरमुकाम मन्थलीमा नगरी मन्थली सुकाजोरखोला नजिकैको बनभोजस्थलमा सबै सदस्यहरुसँग रमाउँदै बनभोजको आयोजना समेत गरेको हो । साधरणसभाले सचिबको संगाठनिक प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदलाई समेत सर्वसमितिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्