उमाकुण्ड गाउँपालिकाका बासिन्दालाई हाइड्रोपावरले बेवास्था गर्योः कार्की



९ पुस, रामेछाप ।
संघीय संरचना अनुसार नेपाल तरुणदल उमाकुण्ड गाउँपालिकामा शम्सेर कार्कीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । सोमबार उमाकुण्ड गाउँपालिका–४ प्रिति च्यादलुमा भएको कार्यसमिति विस्तार कार्यक्रमले कार्कीको अध्यक्षतामा नयाँ काय समिति गठन गरेको हो ।


नयाँ कार्यसमितिमा दुई उपाध्यक्षमा ङापेम्बा शेर्पा र दिनेश कार्की, दुई सचिबमा उपेन्द्र कार्की र करुण सिंह बराइली तथा कोषाध्यक्षमा ङिमसांगे शेर्पा निर्विरोध चयन भएका छन् । त्यस्तै ९ जना सदस्य पनि निर्विरोध चयान भएका छन् । सात वटा वडा भएको उमाकुण्डमा विधान अनुसार २१ जनाको कार्यसमिति हुनेमा बाँकी ६ जनालाई चाँडै मनोनित गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।
अध्यक्षमा चयान भएपछि रामेछाप न्यूजसँग कुरा गर्दै कार्कीले गाउँपालिकामा अदृष्य रुपमा भइरहेको भ्रष्टचारलाई नियन्त्रणको लागि नेपाल तरुणदलले सशक्त रुपमा आवाज उठाउने बताउनुभयो । उहाँले गाउँपालिकाभित्र सञ्चालनमा आउन लागेका हाइड्रोपावारले स्थानीयलाई बेवास्ता गरको र अब तरुणदलले स्थानीयप्रति उनिहरुलाई जिम्मेवर बन्ने गरी शसक्त खबरदारी गर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाली काग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले स्थानीय तहमा भइरहेको अनियमिततालाई रोक्नको लागि पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्