भुकम्पले भत्किएका तीन लाख ३७ हजार घर बन्यो,रामेछापमा २७ हजार घर ठडियो



१० पुस, काठमाडौं । तीन ष्र्बा भूकम्पले भत्किएका तीन लाख ३७ हजार ३१९ घर पुनर्निर्माण सम्पन्न भएको छ । अनुदान सम्झौता गरेकामध्ये ४५ प्रतिशत घर बनेको छ ।

निर्माणाधीन घर सङ्ख्या दुई लाख ३३ हजार ३४३ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरण स्थापना भएको तीन वर्ष पुगेको अवसरमा मंगलवार राजधानीमा भएको कायृक्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अनुदान सम्झौता गरेकामध्ये ३२ प्रतिशत घर निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो ।

“निर्माण सम्पन्न र निर्माणाधीन घर सङ्ख्या पाँच लाख ७० हजार ६६२ अर्थात् ७७ प्रतिशत पुगेको छ, प्रतिकूल परिस्थितिका बाबजुद भएको यो उपलब्धिलाई सकारात्मकरुपमा लिनुपर्छ,” उहाँले भन्नुभयो । भूकम्पपछिको सर्वेक्षण र गुनासो व्यवस्थापनबाट आठ लाख ८४ हजार ८०० लाभग्राही अनुदानका लागि छनोट भएका छन् । जसमा पुनर्निर्माण लाभग्राही सङ्ख्या आठ लाख २२ हजार ९०९ र प्रबलीकरण लाभग्राही सङ्ख्या ६१ हजार ८९१ छ । कूल लाभग्राही सङ्ख्याको ९० प्रतिशतले अनुदान सम्झौता गरेका छन् ।

अनुदान सम्झौता गर्ने लाभग्राहीको सङ्ख्या सात लाख ४२ हजार १६५ पुगेको छ । अनुदान सम्झौता गरेकामध्ये ९९ प्रतिशतले पहिलो किस्ता बुझेका छन् । पहिलो किस्ता लिने भूकम्पपीडितको सङ्ख्या सात लाख ३३ हजार ९०५ छ । दोस्रो किस्ता लिने लाभग्राही पाँच लाख २३ हजार ३७३ अर्थात् ७१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

निजी आवास निर्माण सम्पन्न गरेका ४५ प्रतिशत पीडितले तेस्रो किस्ता पाइसकेका छन् । लाभग्राही सूचीमा नपरेपछि चार लाख ३६ हजार ९११ ले गुनासो दर्ता गरेका थिए । जसमध्ये एक लाख २९ हजार ४१० घरको पुनः सर्वेक्षण गरिएको थियो । सूचना प्रणालीबाट चार लाख ३४ हजार ९१३ गुनासो पुनरावलोकन गरिएको छ । पुनरावलोकनबाट एक लाख ३१ हजार ७३२ लाभग्राही थपिएका छन् । गुनासो व्यवस्थापनबाट ८८ हजार १०५ पुनर्निर्माण र ४३ हजार ६२७ प्रबलीकरण लाभग्राही सूचीकृत भएका छन् । प्राधिकरणको टोल फ्रीबाट सेवा लिनेको सङ्ख्या २५ हजार नाघेको जनाइएको छ ।

रामेछापमा २७ घर ठडियो
रामेछापमा २७ हजार २ सय ५५ जनाले तेस्रो किस्ता लिएका छन् । रामेछापमो ४८ हजार ५ सय ८० घरघुरी लाभग्राहीको सूचिमा परेपछि ४५ हजार २ सय ३४ घरघुरीसँग अनुदान सम्झौता भएको थियो । जस अ ुनसार पहिलो किस्ता ४५ हजार २ सय ८ घरघुरी र दोस्रो किस्ता ३८ हजार ९ सय ४१ घर परिवारले लिएका पुननिर्माण प्राधिकरणका प्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्