रामेछाप चेली रस्मिता श्रेष्ठले जितिन एसिया कपमा दोहोरो स्वर्णपदक



स्नेहा सिलवाल 
१० पुस, रामेछाप । रामेछापकी चेली रस्मिता श्रेष्ठले भारतमा भएकाे एसिया कपमा स्वणपदक जित हासिल गरेकी छिन् । रामेछाप खाँडादेवी गाउँपालिका–३ भीरपानी श्रेष्ठले भारतमा भएकाे एसिया कपमा ५५ केजी तौलमा स्वर्णपदक हासिल गरेकी हुन् । सानै उमेरदेखि खेलमा लगावी राख्दै आएकी श्रेष्ठले भारतमा भएको खेलमा स्वर्णपदक जितेर नेपालको शान उच्च बनाएकी छिन् । त्यसैग्री महिलातर्फ सिनियर ५५ किलो तौल समुह र एकल कातामा रश्मिता श्रेष्ठले दोहोरो स्वर्ण हात पारिन् ।

भारतको मुम्बईमा सम्पन्न भएको एसिया कप चौंथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । प्रतियोगितामा नेपालको तर्फबाट सहभागी नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालका खेलाडीहरुले ७ स्वर्ण,३ रजत र २ कास्य पदक सहित उत्कृष्ट टिम घोषित हुन सफल भएका छन् ।

नेपालको तर्फबाट ९ देखि १० वर्ष उमेर समुहमा रेहान जावेदले कुमिते तथा एकल कातामा दोहोरो स्वर्ण प्राप्त गर्न सफल भए । उनले कुमितेमा पहिलो चरणमा आयोजक भारतलाई ४–० ले हराउँदै सेमी फाइनलको यात्रा तय गरेका थिए । सेमिफाइनलमा बंगलादेशलाई ८–० र फाइनलमा श्रीलंकालाई ८–० ले हराउँदै स्वर्ण पदक पक्का गरेका थिए । पुरुषको सिनियर ७५ किलो तौल समुहमा सोनम बलामीले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाए । उनले सेमिफाइनलमा श्रीलंकालाई ५–० अन्तरले हराउँदै फाइनलमा भारतलाई ४–१ ले पराजित गरेका थिए भने पुरुषकै एकल काता तर्फ दोस्रो स्थान हासिल गरे ।


त्यसैग्री महिला तर्फ सिनियर ५५ किलो तौल समुह र एकल कातामा रस्मिता श्रेष्ठले दोहोरो स्वर्ण हात पारिन् भने महिला खुल्ला तौल समुहमा पनि जापानसँग कडा प्रतिष्पर्धा गर्दै ८–१ ले पराजित हुँदै रजतमा चित्त बुझाइन् । यस्तै महिला १६–१७ उमेर समुहको ५० किलो तौल समुहमा दिलाशा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाईन् । उनले सेमिफाइनल चरणमा भारतलाई ३–१ ले र फाइनलमा भारतकै खेलाडिलाई ४–२ ले हराउँदै पुनः अर्को स्वर्ण पदक दिलाईन ।
विजेता खेलाडीहरुको टोली मंगलबार स्वदेश फर्किएको छ । नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अखिल नेपाल खेलकुद महासंघका महासचिव एवं शाखा डोजो नक्सालका सल्लाहकार कालिबहादुर घर्तिमगर सहित सैयौंको संख्यामा खेलाडी तथा अभिभावकको समुहले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्