रामेछापको सालु देउरालीमा टयाक्टर दुर्घटना



११ पुस, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ देउरालीमा टयाक्टर दुर्घटना भएको छ । ना ४ च १६३ नम्बरको टयाक्टर देउरालीमा दुर्घटना भएको हो । रामेछापबाट ओखलढुंगा जादै गरेको टयाक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले रामेछाप न्युजलाई जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले सह चालककाे मृत्यु भएकाे खबर गरेका छन् । प्रहरीलाइ स्थानीयले दिएकाे जानकारी अनुसार राती नै टयाक्टर दुघटना भएकाे छ । चालक भने फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्