रामेछाप बजारमा आगलागी ५० लाखको क्षति, विद्युत र इन्टरनेट बन्द



राजन महतारा क्षेत्री
११ पुस,रामेछाप ।रामेछापको रामेछाप नगरपालिका–८ माथिल्लो बजारमा आज विहान भएको आगोलागीको कारण ५० लाख बराबरको क्षति भएको छ । रामेछाप माथिल्लो बजार गौरीशंकर माविको भवन नजिक छतिवने खोलाको खानेपानी वितरणको लागि राखिएको टिपीआर पाइप जलेर नष्ट भएको वडा नम्बर ८ का वडा अध्यक्ष केदार कार्कीले जानकारी दिनुभएको छ ।

हिजो बेलुकाी बजारका केही स्थानीयले आगो ताप्न बालेको आगोको मुडा राम्रोसँग ननिभईएकाले सोही मुडाबाट आगो सल्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको कार्कीले बताउनुभयो ।

आगोलागीबाट रामेछाप बजारको विद्युत लाइन, एडिएस एल फोन, इन्टरनेटको तारमा क्षति भएको छ । वडाअध्यक्ष कार्कीका अनुसार आज छतिवने खानेपानी उपभोक्ता समिति एवम् ८ नं वडा कार्यालयको संयुक्त छलफलबाट छानविन समिति गठन गरी अनुसन्धान थालिने भएको छ ।
आगलागीले फोन तथा इमेल इन्टरनेटको तारमा क्षति पुगेपछि बैक तथा वितिय सस्था र सञ्चारमाध्यमको काम प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्