रामेछापमा स्वास्थ्य डिभिजन कार्यालय सञ्चालनमा



राजन महतारा क्षेत्री
११ पुस, रामेछाप । तीन जिल्लालाई हेर्ने गरी बनेको स्वास्थ्य डिभिजन कार्यालयबाट सेवा सुरु भएको छ । रामेछाप दोलखा र सिन्धुली हेर्ने गरी बनेको स्वास्थ्य डिभिजन कार्यलयका प्रमुख रामचन्द्र पाठकले अबतीन जिल्लाका नागरिकहरु स्वास्थ्य सेवा पाउनबाट वन्चित हुन नपर्ने बताउन्ुभयो ।
उहाँले नागरिकहरुको सबै भन्दा संवेदनशिल स्वास्थ्य अवस्थालाई सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
जिल्ला अस्पताल रामेछापका नवनियुक्त अध्यक्ष रोशन पाख्रिनलाई स्वागत र निवर्तमान अध्यक्ष लक्षमण श्रेष्ठलाई विदाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहले स्वास्थ्य क्षेत्रमा मुख्य प्रथमिकतामा राखेर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रामेछाप नगरपालिका–६ का वडा अध्यक्ष धन बहादुर खड्काले नवनियुक्त अध्यक्षले राम्रो काम गर्नेमा आफु विश्वस्त रहेका बताउँदै अब अस्पतालमा विशेषज्ञ चिकित्सकहरुको व्यवस्था गरी घुम्ती शिविर सञ्चालन गर्नुपर्ने बताउनुभयो ।


नवनियुक्त अध्यक्ष रोशन पाख्रिनले निवर्तमान अध्यक्षले गरेको कामको प्रशंसा गर्दे अस्पताल विकासको काममा आफु अहोेरात्र लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डिभिजन स्वास्थ्य कार्यलय प्रदेश सरकारले हर्ने भएपनि स्थानीय सरकारसँग छलफल र सहकार्य गेरर आफुहरु अगाडी बढ्ने उहाँले बताउनुभयो । अब चाँडैे घुम्ती शिविर सञ्चालन गर्ने योजना बनाएर अगाडि बढछौ, पाख्रिनले भन्नुभयो ।


रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापामगरले तीन जिल्ला हेर्ने गरी स्वास्थ्य डिभिजन कार्यलय रामेछापमा रहनु खुसीको कुरा भएको बताउँदै स्थानीय तहले स्वास्थ्य कार्यालयलाई सँधै सहयोग गर्ने बताउनुभयो । उहाँले नगर भित्र हुने विभिन्न कामहरुमा राजनीतिरण गर्न नहनुमा पनि उहाँले जोड दिनुभयो ।
त्यसैगरी जिल्ला स्वास्थ्य कार्यलय रामेछापमा कार्यरत ३ जना कर्मचारीलाई राम्रो काम गरेको भन्दै सम्मान गरिएको छ । लामो समयदेखि स्वास्थ्य कार्यालयमा इमान्दारीताका साथ उत्कृष्ट काम गरेको भन्दै कार्यालय सहयोगीहरु द्र्गा बहादुर बस्नेत, कृष्ण बहादुर श्रेष्ठ र लक्ष्मी रानालाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्