रामेछापमा प्रशासनको सक्रियताः विहिवारे हाटमा व्यापारीहरु थर्कमान



राजन महतारा क्षेत्री
१२ पुस, रामेछाप ।
सर्वसाधारणले गुणस्तरहीत वस्तु विक्री वितरण भइरहेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमन कार्यलाई निरन्तरता दिएको छ । प्रशासनले बजार अनुगमनको कार्यलाई तीब्रता दिएको हो ।
प्रशासनले रामेछाप जिल्लाको विभिन्न हाट बजार तथा पसलहरुमा अनुगन गरेको छ ।

सदरमुकाम मन्थलीमा केही दिन अगाडी ठूलो मात्रामा गुणस्तरहिन सढेगलेको मासु बरामत गरेसँगै आज रामेछाप बजारको विहिबारे हाटमा पनि अवैधानिक रुपमा बेच्न राखिएका सुर्ति, चुरोट, खैनी विँडी लगातयतका म्याद सकिएका सामानहरु जफत गरिएको हो ।


जिल्ला प्रशासन कार्यलय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेल र घरेलु तथा साना उद्योग विकास समितिका नायब सुब्बा निरज खड्को नेतृत्वमा भएको अनुगनको क्रममा सामान बेच्न प्रयोग गरिने परम्परागत माना, पाथि, तुलो समेत जफत गरेको छ । अनुगनको क्रमममा विना दर्ता सञ्चालन गरेको घुम्ती व्यवसायलाई दर्ता गेरेर मात्र सन्चालन गर्न आग्रह गरिएको घरेलु तथा साना उद्योग विकास समितीका नायब सुब्बा निरज खड्काले बताउनुभयो ।

अनुगमनको क्रममा जफत भएका अखाद्य एवंम गुणस्तरहिन वस्तुहरु सरोकोरवाला सबैको रोहबरमा नष्ट गरिने जिल्ला प्रशासन कार्यलय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्