रामेछापको मुगिटारमा भेटिएको चितुवाको प्रहरीले गर्यो अन्त्यष्टि



१२ पुस, रामेछाप ।
मन्थली नगरपालिका–७ मुगिटारस्थित ढिकुटीमा वेवारिसे मृत अवस्थामा भेटिएको चितुवाको प्रहरीले अन्त्यष्टि गरेको छ । स्थानीयले ढिकुटीमा वेवारिसे मृत अवस्थामा चितुवा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्ला वन कार्यालय रामेछापसँग समन्वय गरी वन ऐन अनुसार ईलाका वन कार्यालय मन्थलीको हातामा मृतक चितुवाको अन्त्यष्टि गरेको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेष अदालतले सरोकारवाला निकायसँग समन्वय गरेर मृतक चितुवाको अन्त्यष्टि गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्