रामेछापमा पुननिर्माणको काम दु्त गतिमा अगाडि बढछः सांसद श्रेष्ठ



१३ पुस, रामेछाप । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले जिल्लामा भुकम्पपछिको पुननिर्माणको कामले गति लिने बताउनुभएको छ । उहाँले स्थानीय तहबाटै काम हुने भएपछि पुनिर्माणको काम दु्रत गतिमा अगाडि बढने बताउनुभएको ।


राष्ट्रिय पुननिर्माण प्राधिकरण र स्थानीय तहबीच भएको ९ बुँदे समझदारी कार्यक्रममा पूर्व गृह राज्यमन्त्री समेत रहेको सांसद श्रेष्ठले रामेछाप जिल्लाको विकास निर्माणको काममा आफू प्रतिबद्ध भएर लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘स्थानीय सरकार, प्रदेश सरकार केन्द्र सरकार मिलेर नै रामेछापलाई समृद्ध बनाउने हो ।’
सांसद श्रेष्ठले प्राधिकरण र स्थानीय तहबीच भएको सहमतिले स्थानीय तह र केन्द्रबीच रहदै आएको विवादको अन्त्य भएकोे बताउनुभयो ।

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले सहजीकरण समिति पालिकामै हुने भएपछि नीतिगत कुरा र व्यवहारिक कुराहरुलाई संयोजन गरेर जाँदा पुनर्निर्माणको काम छिटै सम्पन्न गर्न सकिने बताउनुभो । उहाँले भूकम्प पीडितले भोगीरहेका विभिन्न समस्यालाई समधान हुने गरी काम गर्ने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्