बाटो खन्ने क्रममा मन्थलीको कुडहरमा जेसिबी दुर्घटना



रामचन्द्र वि.क.
१४ पुस, रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ कुडहरमा जेसिबी दुर्घटना भएको छ । आज साँझ भएको दुर्घटनामा जेसिबी चालक किरण श्रेष्ठ घाइते हुनुभएको छ । घाइते श्रेष्ठको तामाकोशी सहकारी अस्पतालमा उपचार गराइएको छ । अस्पतालका अनुसार उहाँको अवस्था सामन्य रहेको छ ।


सडक स्तरउन्नती गर्ने क्रममा बा २ क २७६७ नं. जेसिबी सडकबाट करिब सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतले रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार सडक स्तरउन्नती गर्दै गर्दा जेसिबीको ब्रेकमा केही समस्या आएर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्