मन्थलीमा फेरि ट्याक्टर दुर्घटना



रामचन्द्र वि.क.
१८ पुस, रामेछाप । रामेछापको मन्थलीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बुधबार साँझ मन्थलीबाट सेलेघाट जाने क्रममा मन्थली नजिक थापाचोकमा ना ५ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटनामा ट्याक्टरमा सवार रोम बहादुर साही गम्भिर घाइतेका भएका हुन् ।


रामेछाप नगरपालिका–९ ल्याङल्याङका साही ट्याक्टर गुडीरहेको बेला ट्याक्टरबाट ओर्लिएको र उक्त ट्याक्टरले ठक्कर दिदाँ उनि घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको र तामाकोशी सहकारी अस्पतालमा सामन्य उपचार पछि थप उपचारको लागि काठमाण्डौ लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता शेख अदालतले जानकारी दिए ।
ट्याक्टर चालक एक बहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धन भइरहेको प्रबक्ता अदालतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्