घरघरमै पुगेर सेवा दिन्छन रामेछापका प्रजिअ शर्मा



रामचन्द्र वि.क.
२० पुस, रामेछाप । सरकारले सिंहदरवारको अधिकार भन्ने नारा अगाडि सारे अनुसार रामेछापका प्रमुख जिल्ला अधिकारी नागरिकहरुलाई सेवा दिन घरदैलोमा पुगेर जिल्लावासीको मन जित्नुभएको छ । घण्टौ धाएर सदरमुकाम मन्थली आउनु पर्ने बाँध्यता हटाएर एकीकृत घुम्ती नागरिकता शिविर मार्फत जिप्रका रामेछापले पछिल्लो समयमा सेवा प्रवाह गरिरहेको छ ।

रामेछापको रामेछाप नगरपालिका–३ साघुँटारका पुर्ण रुपमा शारीरिक अशक्त भएका पुर्ण बहादुर श्रेष्ठले घरमै नागरिकता पाउनुभएको छ । प्रजिअ रामेछाप मार्फत साघुँटारमा सञ्चालित एकीकृत घुम्ती शिविरमा आउन नसकेपछि उहाँलाई घरमै गएर नागरिकता प्रदान गरिएको हो ।
पुर्ण रुपमा अशक्त भएका श्रेष्ठ एकीकृत घुम्ती शिविर राखिएको ठाउँ सम्म आउन नसक्ने कुरा थाहा पाएपछि आफूहरु उहाँको घरमै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँले भन्नुभयो,‘शिविर त्यस्तै व्यक्तिहरुलाई सहज होस भनेर राखिएको हो, त्यसैले हामी शिबिर राखिएको ठाउँबाट केही समय हिडेर घरमै गएर नागरिकता दिएका हौँ ।’ नागरिकता प्राप्त भए सँगै उहाँले पाउँने विभिन्न सेवा लिन समेत सहज भएको प्रजिअ शर्माले रामेछाप न्युजलाई बताउनुभयो ।
त्यस्तै दुई दिनसम्म चलेको शिविरबाट १ सय ४८ जना सर्वसाधरणले नागरिकता वितरण लिएका छन् । शिविरमा रामेछाप नगरपालिकाको वडा नं. १, २, ३ र ४ का सर्वसाधरणले नागरिकता लिएको प्रजिअ शर्माले जानकारी दिनुभयो । सदरमुकाम आउन नसकेका तथा विभिन्न कारणले नागरिकता नबनाएका स्थानीयलाई घर–घरमै सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो ।
शिविरमा १ सय ७० जना भन्दा बढीले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । त्यस्तै शिविरबाट १४ जना भन्दा बढी ब्यावसायीले ब्यावसाय दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्