बेथानको पानीघाटलाई विकास गर्ने नेताहरुको प्रतिबद्धता



२० पुस, रामेछाप ।
जनयुद्धको सफल फौजी चौकी आक्रमण भएको स्थान सुनापती गाउँपालिका–४ बेथानस्थित पानीघाटलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर अगाडि बढने नेकपाका नेताहरुले प्रतिबद्धता जनाएका छन् ।
२२ बेथान वीरता दिवसको अवसरमा सुनापती गाउँपालिका कमिटीले गाउँपालिकाको केन्द्र हिलेदेवीमा आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर ३ का अध्यक्ष नारायण दाहालले बेथानको फौजी आक्रमणले नेपालको राजनीतिक परिवर्तनमा ठूलो योगदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘बेथानको वीरताकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।’


कार्यक्रममा प्रदेश नम्बर ३ का सचिव आनन्द पोखरेलले ऐतिहासिक भूमि बेथानको विकास गर्न पार्टीले विशेष ध्यान दिने बताउनुभयो । उहाँले पार्टीको सांगठानिक एकता प्रक्रिया पनि छिट्टै टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहनुभएका रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले ऐतिहासिक भूमि बेथानको विकास गर्नको लागि आफू लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो,‘बेथानको पानीघाटदेखि दोरम्बासम्म युद्ध पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न भूमिका खेल्छु ।’ सांसद श्रेष्ठले दिफदी स्मारक थप विकासको लागि यस बर्ष पूर्वधार विकासको कार्यक्रम अन्तर्गत २० लाख रकम बिनियोजन गरेकोे बताउनुभयो ।


कार्यक्रममा सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले बेथानको पानीघाटको विकास गर्न गाउँपालिकाले काम गरिरहेको बताउनभयो । उहाँले तिफदीको शालिक निर्माणसँगै स्मारकलाई थप व्यवस्थित बनाउने काममा लागि रहेको बताउदै आगामी दिनमा थप विकास गरेर लैजाने योजना बनाइएको बताउनुभयो । अध्यक्ष लामाले शहीद स्मार निर्माणसँगै त्यसैसँग जोडेर पिकनिक स्पोर्ट निर्माणको योजना समेत बनाएको बताउनुभयो ।


कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई, कमल चौलागाई, पूर्व सभासद डिल्लीमान तामाङ लगायतको सहभागीता रहेको थियो । २०५३ पौष १९ गते बेथानको पानीघाटमा परेको प्रहरी चौकी आक्रमण गरेको थियो । प्रहरी चौकी आक्रमणको क्रममा तीर्थ गौतम, दिलमाया योञ्जन, फत्तबहादुर इस्माली मगर शहीद हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्