मन्त्री ढुंगेललाई सुनापती गाउँपालिकाको गुन्सीमा भव्य स्वागत (फोटोफिचर)



२१ पुस, रामेछाप ।
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई गृह जिल्ला सुनापती गाउँपालिका–१ गुन्सीमा भव्य रुपमा स्वागत गरिएको छ । रामेछाप प्रदेशसभा क्षेत्र नम्बर २ का सासद समेत रहनुभएका मन्त्री ढुगेललाई गुन्सीका स्थानीयले स्वागत गरेका हुन् ।
मन्त्री भएपछि पहिलो पटक गुन्सीको शतलिङगेश्वर मावि गुन्सीको ६२ औ बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्न आउनुभएका मन्त्री ढुंगेललाई सुनापती गाउँपालिका–१ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाई सहितका जनप्रतिनिधि र स्थानीयले फुलमाला सहित स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्