जगदीश घिमिरेलाई रामेछापको चौथो लाल घोषणा गर्न माग



रामचन्द्र वि.क.
२१ पुस, रामेछाप । यस बर्षको जगदीश स्मृति पुरस्कार साहित्यकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । जगदीश घिमिरे प्रतिष्ठानले शनिबार मन्थलीमा आयोजना गरेको पाँचौ साहित्य कार्यक्रममा घिमिरेलाई पुरस्कृत गरिएको हो ।
नेपाली भाषा, साहित्य र सात्यिक पत्रकारिताको क्षेत्रमा समेत बिगत छ दशक देखि क्रियाशिल साहित्यकार घिमिरेलाई जगदीश घिमिरे प्रतिष्ठानले ५१ हजार नगदको साथमा प्रसंशापत्र सहित पुरस्कृत गरेको छ ।

पाँचौ साहित्यिकसभामा नेपाल प्रज्ञा प्रतिष्ठान द्धारा प्रकाशित जगदीश घिमिरेका प्रतिनिधि कथाहरु नामक पुस्तकको बिमोचित समेत गरिएको थियो । मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले उक्त पुस्तकको बिमोचन गरेका हुन् ।
रचना बाचन गर्दै सर्जकहरुले तीनलालको जिल्ला भनेर चिनिने रामेछाप जिल्लालाई जगदीश घिमिरेलाई एक लालको रुपमा थपेर चार लालको जिल्ला भनेर घोषणा गर्नु पर्ने माग गरेका छन् । साहित्यकारको मागलाई नगर प्रमुख रमेश बस्नेतले जगदिश घिमिरेलाई चौथो लालको रुपमा चिनाउन आफुले सकेको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
जगदिश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका साहित्यकारहरुले आ–आफ्नो सिर्जनाहरु बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्