पूर्व सभासद कमला सुवेदी अस्पताल भर्ना



२१ पुस, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीकी नेत्री एवं पूव सभासद कमला सुवेदी अस्पताल भर्ना हुनुभएको छ । अस्वस्थ्य भएपछि शनिवार पूर्व सभासद सुवेदी अस्पताल भर्ना हुनुभएको हो ।
ललिपुरका मेडिसिटी अस्पताल नख्खुमा भर्ना हुनुभएका सुवेदीको सघन उपचार कक्षमा उपचार भइरहेको परिवारले बताएको छ । परिवारका अनुसार पूर्व सभासद सुवेदीको भोलीको लागि अप्रेसनको तय भएको छ ।


अस्वस्थ्य भएपछि अस्पताल भर्ना हुनुभएका सुवेदीको स्वास्थ्य अवस्था बुझनको लागि नेकपाका केन्द्रीय सदस्य देवशकंर पौडेल लगायतका नेताहरु अस्पताल पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्