प्लाष्ट्रिकको ड्रममा डुबेर रामेछापमा १८ महिने बालिकाको मृत्यु



राजन महतारा क्षेत्री
२२ पुस, रामेछाप । रामेछाप नगरपालिका–७ देवीथानमा आज घर नजिकै गाडेर राखिएको प्लाष्ट्रिकको ड्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । ओखलढंगा जिल्ला घर भएका हाल रामेछाप नगरपालिका–७ देवीथान ससुरालीमा बस्दै आएका अर्जुन ढकालको १८ महिने छोरी लिला ढकालको मृत्यु भएको हो ।

आमा बु्बा काममा व्यस्त भएको समयमा बालिका खेल्ने क्रममा ड्रममा डुब्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिनुभयो । बालिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रामेछापमा राखिएको प्रवक्ता अदालतले बताउनुभयो । पाँच सय लिटरको ड्रममा डुबेर बालिकाको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्