गोकुलगंगा गाउँपालिकाको केन्द्रबाट दुई दिन नागरिकता वितरण हुने



२३ पुस, रामेछाप ।
गोकुलगंगा गाउपालिकाका सर्वसाधारणले गाउँपालिकाबाटै नागरिकता पाउने भएका छन् । गाउँपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालय रामेछापको समनवयमा यही पुस २६ र २७ गते विभिन्न कारणले नागरिकता लिन नसकेका तथा सदरमुकाम आउन नसकेका गाउँपालिकाका बासिन्दायलाई लक्षित गरी एकीकृत घुम्ती शिविर मार्फत नागरिकता वितरण गर्न लागिएको हो ।

घुम्ती शिविर मार्फत जिल्लास्थित सरकारी कार्यलयबाट प्रवाह हुने सेवा सहित नागरिकता वितरण, मतदाता नामावली दर्ता र व्यवसाय दर्ता तथा नविकरण सहितको सेवा हुने रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।
गोकुलगंगा गाउपालिकाको वडा नम्बर ३ को कार्यलय रस्नालुबाट प्रबाह हुन सेवामा वडा नं. १ देखि वडा नम्बर ६ सम्मका स्थानीयलाई सहभागी हुन गाउँपालिकाका प्रवक्ता बलराम खड्काले आग्रह गर्नुभयो । एकीकृत घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालय रामेछाप, जिल्ला निबार्चन कार्यालय रामेछाप र घरेलु तथा साना उद्योग विकास समिति रामेछापको सहभागिता हुने प्रवक्ता खड्काले जनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्