रामेछापका पूर्व सभासद कमला सुवेदीलाई ब्रेन ट्युमर, उपचार हुँदै



२३ पुस, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीकी नेत्री एवं पूव सभासद कमला सुवेदीलाई ब्रेन ट्युमर भएको छ । अस्वस्थ्य भएपछि शनिवार पूर्व सभासद सुवेदी अस्पताल भर्ना हुनुभएको थियो ।

ललिपुरका मेडिसिटी अस्पताल नख्खुमा भर्ना हुनुभएका सुवेदीको उपचार भइरहेको नेकपाका नेता ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पसीकाे लागि अप्रेसनकाे मिति तय भएकाे छ ।
अस्वस्थ्य भएपछि अस्पताल भर्ना हुनुभएका सुवेदीको स्वास्थ्य अवस्था बुझनको लागि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल आज अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्