रामेछापमा भिरबाट लडेर भुजेलको मृत्यु



२४ पुस, रामेछाप ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ सुनारपानीमा भिरबाट लडेर एक पुरुषको मृत्यु् भएको छ । मन्थली नगरपालीका–५ सुनारपानी घर भएका करिब २६ वर्षका कविराज भुजेलको मृत्यु भएको हो । अत्याधिक मदिरा सेवन गर्ने मृतक भुजेलको सुनारपानी पारी भ्यागुरे उतिसे भिरबाट लडेर मृत्यु भएको वडा नम्बर ५ सुनारपानीका वडाअध्यक्ष राम बहादुर कार्कीले जानकारी दिनुभयो ।

परिवारमा एक्लै रहेका मृतक भुजेल पुस १५ गतेदेखि बेपक्ता थिए । स्थानीयले मृतको शव घोप्टो परेर लडेको अवस्थामा देखेपछि वडाअध्यक्ष कार्कीलाई खबर गरेका थिए । वडाअध्यक्ष काकीले घटनाको बारेमा खबर पाउने वितकै प्रहरीलाई खबर गरी शव पोष्टमार्टन पछि दाहसंस्कार गरिसकिएको जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्