रामेछापमा ट्रिपर आतङकले सीमा नाघ्यो



२५ पुस, रामेछाप ।
रामेछापमा जिल्लामा पछिल्लो समय ट्रिपर आतङले सीमा नाघेको छ । चालकको लापवाहीको कारण केही समययता दुर्घटनाको संख्या पनि बढेको छ ।
पुष्पलाल राजमार्ग अन्तर्गत रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ६ सिसौघारीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन ।

सदरमुकाम मन्थलीबाट खिम्ती जाँदै गरेको बा २ ख ९७२२ नम्बरको मोटरसाईकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख २०४७ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार मन्थली नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ४७ का कृष्णदास श्रेष्ठ गम्भिर घाइते भएका हुन ।

घाइते श्रेष्ठको मन्थली सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी पवक्ता शेख अदालतले जानकारी दिए ।
घाइते श्रेष्ठको हात र खुट्टामा गहिरो चोट लागेको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्