योजना अनुगमन बिरालो बाधेर श्राद्ध गरेकोजस्तो भोः नगरप्रमुख वस्नेत



२५ पुस, रामेछाप ।
मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेतले नगरपालिकाभित्रका अधिकांश योजना स्थानीयको जनचाहना भन्दा नेताको चाहना अनुसार आउने हुँदा योजनाका काम गर्न कठिनाइ भएको बताउनुभएकाे छ । उहाँले योजनाको अनुगमन गर्दा बिरालो बाँधेर श्राद्ध गरे जस्तो मात्रै भएको बताउनुभएको हो ।

बुधबार मन्थलीमा स्थानीय सरकार र नागरिक संस्थाबीचको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले नगरभित्र संचालनमा रहेका केही योजना गुणस्तरहिन भएको भन्ने गुनासो राखेपछि  नगर प्रमुख बस्नेतले आवश्यकता भन्दा नेताको चहानाले गर्दा केही समस्या आएको बताउनुभयो ।

उहाँले नगरभित्र संचालनमा रहेका योजनालाई थप गुणस्तरीय बनाउनको लागि नगरपालिकाले आगामी दिनमा स्टमेट अनुसारको विज्ञ टोली राखेर अनुगमन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्