तल्लो लिखु जलविद्युत आयोजना सञ्चालन गर्न दिने निर्णय (पूर्णपाठसहित)



२५ पुस, रामेछाप ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका अन्तर्गत निर्माणाधिन तल्लो लिखु जलविद्युत आयोजनालाई निर्वाध रुपमा काम अगाडि बढाउने दिने निर्णय भएको छ । स्थानीय आयोजनाले गरेको सम्झौता अनुसार काम नभएको भन्दै अवरोध सृजना गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा दुवै पक्षसँग समझदारी कायम गरी आयोजना अगाडि बढाउन दिने निर्णय भएको हो । केही दिन अघि स्थानीयले जलविद्युत आयोजनाको काममा अवरोध सृजना गरेका थिए ।
लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले गाउँपालिकासँग समन्वय गर्ने शर्तमा तल्लो लिखु जलविद्युत आयोजनाको काममा अवरोध नगर्ने सहमति गरेका छन् । सम्झौता अनुसार काम नभएको भन्दै गाउँपालिकाका अध्यक्ष खड्काको नेतृत्वमा स्थानीयले आयोजनको काम बन्द गर्न दबाब दिएका थिए ।

आयोजनाको काम नै प्रभावित भएपछि श्वेतगंगा हाईड्रोपावर एण्ड कन्ट्रक्सन लिमिटेडको बारेमा स्थानीयले अवरोध सृजना गरेपछि प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल सहित प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले दुवै पक्षसँग परामर्श गरी काम अगाडि बढाउने निर्णय गरेका छ ।

आयोजनाको इआईएको रिपोर्टमा उल्लेख भए बमोजिम सामुदायिक उत्तरदायित्व अन्तर्गत प्रभावित क्षेत्रका नागरिकप्रति निर्वाह गर्नु पर्ने उत्तरदायित्व सम्बन्धित पालिकासँग समन्वय गरी कार्ययोजना तयार पारी काम गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले निर्देशन दिएको छ । साथै बैठकले प्राकृतिक स्रोत उपयोग गरेबापत तिर्नु बुझाउनु पर्ने राजस्व रकम गाउँपालिकासँग समन्वय गरी नियमानुसार गर्ने समझदारी भएको छ ।

जिल्ला अनुगमन तथा समन्वय समितिको अनुगमन एवं निर्देशन पश्चात हुने गरी हाललाई आयोजनाले सञ्चालन गरेको क्रसर सञ्चालन नगरी अन्य विद्युत उत्पादनसँग सम्बन्धित कार्यहरु निर्वाध रुपमा सञ्चालन गर्ने गरी जिल्ला प्रशासन कार्यालय रामेछापको समन्वयमा सहमति भएको छ ।

छलफलमा रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंग्ेल, प्रदेश सांसद शान्ति पौडेल, जिल्ला समन्व्य समितिका प्रमुख प्रेमबहादुर खड्का, पूर्व सभासद, तारानारायण श्रेष्ठ, लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का, जिल्ला समन्वय समितिका अधिकृत राजेन्द्र कुमार केसी, पूर्वाधार विकास कार्यालयका सिडिई जयराम श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख अमरेन्द्र बहादुर सिंह, शसस्त्र प्रहरी बल नेपालका सहायक प्रहरी नायव उपरीक्षक भोला प्रसाद कुसवाहा, स्वेतगंगा सानिमा हाइड्रोका डाइरेक्टर डा. सुवर्णदास श्रेष्ठ, सानिमा हाइड्राका कार्यकारी टुल प्रसाद पौडेल, स्वेत गंगा एण्ड हाइड्रोका जेनेरल मेनेजर भोजराज पौडेल लगायतले आयोजना सञ्चालन गर्ने दिने विषयमा हस्ताक्षर गरेका छन् ।

यस्ताे छ  निर्णय

 

प्रतिक्रिया दिनुहोस्