रामेछापको मानेडाँडामा बन्यो चिटिक्क परेको प्रतिक्षालय



राजन महतारा क्षेत्री
२६ पुस, रामेछाप । रामेछाप रामेछाप नगरपालिका–८ मानेडाँडामा चिटिक्क परेको प्रतिक्षालय निर्माण भएको छ । पानी पर्दा ओत लाग्न र यात्रुहरुलाई यातायातको साधन कुर्नको लागि सहज होस भनेर नगरपालिकाले प्रतिक्षालय निर्माण गरेको हो ।


मानेडाँडामा नव निर्मित प्रतिक्षालयको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले उद्धघाटन गर्नुभयो । नगर उपप्रमुख खड्काले प्रतिक्षालय निर्माण भएपछि कारागार कार्यलय र प्रहरी कार्यालय रामेछाप डाँडामा काम परेर आउने सेवाग्राहीलाई सहज हुने बताउनुभयो ।
रामेछाप नगरपालिका– ८ का वडा अध्यक्ष केदार कार्कीले वडाभित्र ५ लाखको लागतमा ३ वटा प्रतिक्षालय निर्माण भइरहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार रामेछाप माथिल्लो बजार र गणेश चोकको प्रतिक्षालय निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्