अबरुद्ध रामेछापकाे तल्लो लिखु जलविद्युत आयोजना खुलाउन चार बुँदे सहमति (पूर्णपाठसहित)



२९ पुस, काठमाडौं । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका स्थानीय र श्वायत गंगा हाइड्रोपावर कम्पनीबीच अवरुद्ध २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना सुचारु गर्ने चार बुँदे सहमति भएको छ । गत पुस १७ गतेबाट रोकिएको आयोजनाको निर्माण १३ दिनपछि आजबाट सुरु भएको जलविद्युत आयोजनाले बताएको छ ।
स्वेतगंगा हाइड्रो पावर कम्पनीका संचालक सुवर्णदास श्रेष्ठले आयोजना प्रभावित स्थानीय वडाका जनप्रतिनिधि र स्थानीय जनताबीच ४ बुँदे सहमितपछि आयोजनाको निर्माण पूर्णरूपमा सुचारु भएको बताउनुभयो ।

लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काले प्रवद्र्धक कम्पनी समक्ष गाउँपालिकाका लागि अस्पताल निर्माण, निशुल्क सेयर र विद्युतको माग अगाडि सार्नुभएको थियो । पटक–पटक अध्यक्ष खड्काले माग दोहोर्याउदा पनि पूरा नगरेपछि गत पुस १७ गतेदेखि आयोजनाको निर्माण ठप्प पारिएको थियो ।

आयोजनाको संचालक श्रेष्ठले आयोजना अघि बढाउन स्थानीय जनताको पूर्ण साथ र समर्थन भए पनि स्थानीय निकायबाट अवरोध हुनु दुखःद भएको बताउनुभयो । सरकासँग अनुमति लिएर निर्माण अघि बढाइएका आयोजनामा अवरोध हुनुले सरकारको १० वर्षमा १५ हजारको सीमा पूरा हुन नसक्ने उहाँको भनाई थियो ।

विद्यमान कानुनी प्रावधान अनुसार वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेखित स्थानीय पूर्वाधार विकासमा छुट्याइएको रकम कम्पनीले खर्च गर्ने बताउदै श्रेष्ठले भन्नुभयो,‘हामीले स्थानीय पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने रकमको विवरण सरोकारवालालाई पारदर्शीरुपमा बुझाएका छौ, २ गाउँपालिकाको ६ वडाका प्रतिनिधिको प्रस्ताव गर्ने पूर्वाधार विकासमा रकम खर्च हुनेछ ।’
स्थानीय पूर्वाधार विकासका आयोजनाबारे जानकारी दिन कम्पनीले आगामी माघ १२ गते सर्वसाधारणको भेला आयोजना तयारी गरेको छ । भेलामा प्रभावित वडाका प्रतिनिधिले तयार पारेका पूर्वाधार विकासको योजना सार्वजनिक गरिने भएको छ । आयोजना निर्माण गर्न प्रयोग हुने ढुंगा, गिटी, बालुवाको राजश्व गाउँपालिकामा बुझाउने दस्तुर तोक्न आग्रह गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको कम्पनीले जनाएको छ ।
गाउँपालिकामा गत असार २६ गते दस्तुर रोक्न कम्पनीले आवेदन दिएको थियो । आयोजना रामेछाप र ओखलढुंगाको सीमामा पर्दछ । रामेछापको लिखु तामाकोसी र ओखलढुंगाको लिखु गाउँपालिकाका ६ वडा आयोजनाबाट प्रभावित छन् । चालु वर्षबाट निर्माण सुरु भएको आयोजना २०७८ मा सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनामा प्रयोग हुने ढुङ्गा, गिटी, बालुवा उपयोग तथा राजश्वको सम्बन्धमा जिल्ला समन्वय समिति कार्यालय रामेछापले गाउँपालिकालाई नै रोयल्टी रकम बुझाउन गत असार ३० गते पत्राचार गरेपनि गाउँपालिकाले अझै बालुवा, गिटीको शुल्क नतोक्दा समस्या परेको श्रेष्ठले बताउनुभयो ।

लिखुको अवरोधमा इपानको आपत्ति
रामेछापको लिखु–तामाकोशी गाउँपालिकामा निर्माणाधीन २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनामा भएको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले आपत्ति जनाएको छ । इपानले आइतवार राजधानीमा पत्रकार सम्मेलनमा निःशुल्क विद्युत् र निःशुल्क शेयरको माग राखेर आयोजनाको काम नै रोक्ने प्रयास गरिनु दुःखद् रहेको जनाएको छ ।
इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंले राज्यका सबै निकायबाट विद्यमान कानूनी प्रबन्ध पूरा गरी निर्माणमा रहेको आयोजना रोकेर गलत संस्कारको शुरुआत गरिएको बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार पूरा गर्नुपर्ने सबै मापदण्ड पूरा गरिएको, स्थानीय जनताको माग सम्बोधन गरिएको अवस्थामा आयोजना रोकिनुले सरकारले घोषणा गरेको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा हुन नसक्ने उहाँको भनाइ छ ।

यस्ताे छ चार बुँदे सहमति 

प्रतिक्रिया दिनुहोस्