रामेछापमा २३ बर्षिय युवकले आत्महत्या गरे



१ माघ, रामेछाप ।
रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ लामाटोलमा एक युवकले रुखमा झन्डिएर आत्महत्या गरेका छन । सोमबार राति रामेछाप नगरपालिका वडा नम्बर ८ लामाटोलका वर्ष २३ का नविन तामाङले घर नजिकैको डुम्रिको रुखमा झुडिएर आत्महत्या गरेका हुन ।

मृतक तामाङले के कारणले आत्महत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापडाँडाले जानकारी दिएको छ । मृतको शव पोष्टमार्टनका लागि जिल्ला अस्पताल रामेछापमा राखिएको छ । मृतक तामाङ सानीआमासँग बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्