डा.केसीको स्वास्थ्य गम्भीर भएपछि नाइट भिजन हेलिकाेप्टरबाट काठमाडौ ल्याइदै



३ माघ, काठमाडौ । इलाममा नौं दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएपछि थप उपचारको लागि काठमाडौँ ल्याइने भएको छ ।

डा.केसीको मुटुको समस्यासहित स्वास्थ्य अवस्था कमजोर भएपछि काठमाडौँ लान लागिएको हो । “डा केसीको शारीरिक स्थिति एकदमै कमजोर छ, त्यसैले हामीले चिकित्सकको टोलीसँग समन्वय गरेर काठमाडाँै लैजाने तयारी गरेका हौं’ केसीका सहयोगी अविशेषराज सिंहले भन्नुभयो ।

डा.केसीलाई उहाँको स्वास्थ्यस्थिति कमजोर भएपछि जीवन रक्षाका लागि भएपनि काठमाडौं लान लागिएको इलामका प्रंमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिनुभयो । डा केसीलाई आजै एम्बुलेन्स मार्फत भद्रपुर लगिएको र त्यहाँबाट काठमाडौं भने नाइटभिजन हेलिकप्टरमा लाने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्