उज्यालो नेपालका अभियन्तता कुलमान घिसिङ सम्मानित



४ माघ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुनुभएको छ । प्राधिकरणको नेतृत्व सम्हाले कुशलतापूर्वक लोडसेडिङको अन्त्य गरेर उज्यालो नेपाल बनाउन सफल भएको भन्दै उहाँलाई सम्मान गरिएको हो ।
राजधानीको भुकुटीमण्डमा आजबाट सुरु भएको हिमालय हाइड्रो एक्स्पो २०१९ मा उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङले सम्मान गर्नुभयो । निजी क्षेत्रका उर्जा उत्पादकहरको संस्था इप्यानले कार्यकारी पदमा रहेर देशलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

कार्यकारी निर्देशक नियुक्त हुँदा बार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमाा रहेका प्राििधकरणलाई वित्तिय र प्रशासनिक सुधार तथा पुनसंरचनामार्फत खुद नाफामा लैजान सफल हुनुभएको थियो । कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको बताउदै यसलाई पूरा गर्न प्राधिकरणले ‘टेक अर पे’ मा विद्युत खरिदको नीति लिएको बताउनुभयो । उहाँले यस नीतिले निजी प्रबद्र्धकलाई लगानीको लागि वातावरण तयार गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्