रामेछापको मच्छेडाँडी बस दुर्घटनाः तरुण दलका सभापति भुजेलको निधन




६ माघ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिका–१ मच्छोडाँडीमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनमा गम्भीर घाइते भएका निरोज भुजेलको काठमाडौ जैजाने क्रममा बाटोमा नै निधन भएको हो । दुर्घटनामास्थलमा नै यस अघि ओखलढुङ्गा जिल्लाको फुलबारी घर भएका वर्ष ३६ का ओम कार्कीको मृत्यु भएको थियो ।


गम्भीर घाइते भएर उपचारको लागि धुलिखेल लैजाने क्रममा तरुणदल मन्थली नगरापलिका–५ का सभापति निरोज भुजेलको बाटैमा मृत्यु भएको छ । नेपाल कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले उपचारको क्रममा धुलिखेल अस्पताल लैजाने क्रममा भकुण्डेवेसींमा निधन भएको रामेछाप न्युजलाई जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनमा परि घाइते भएका १७ जना मध्य दुई जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएकाहरुलाई एम्बुलेन्स मार्फत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्