रामेछापको तामाकोशी र सुनकोसीमा पुल बन्ने



७ माघ, काठमाडौं ।
रामेछाप जिल्लाको सुनकोसी र तामाकोसी नदीमा झोलुंगे पुल निर्माण हुने भएको छ । खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमस्थित कोथवे मझुवा बगर र मन्थली नगरपालिकाको गेलुस्थित तामाकोसी नदीमा झोलुडगे पुल निर्माण हुन लागेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको सस्पेन्सने वृज डिभिजनले पुल निर्माण गर्नको लागि कन्सलेन्ट नियुक्त गरेर काम अगाडि बढाउन लागेको छ ।

सुनकोसी नदीमा झोलुगे पुल नहुँदा अहिले पनि कोथवेमा रहेका माझी समुदाय जोखिमयुक्त रुपमा डुगाबाट आवतजावत गर्न बाध्य भएका छन् । विगतदेखि नै माझी समुदायले पुलको माग गरेपनि स्थानीय सरकारको पहलमा कोथवेमा झोलुगे पुल निर्माणको पक्रिया अगाडि बढेको छ ।

सस्पेन्सन बृज डिभिजनले पुल निर्माण गर्नको लागि पहिलो चरणमा स्थान छनोट गरेर परामर्शदाता मार्फत काम अगाडि बढाउने तयारी गरेको छ । परामर्शदाताको रिपोर्ट आएपछि यस आर्थिक बर्ष नै पुल निर्माणको लागि ठेक्का लगाउने सस्पेन्सन बृज डिभिनका आयोजना प्रमुख कुमार थापाले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्