करेन्ट लागेर रस्नालुका सुनुवार गम्भीर घाइते



७ माघ, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालका–४ बेतालीमा करेन्ट लागेर धन बहादुर सुनुवारको गम्भीर घाइते भएका छन् । लाइनको काम गर्ने क्रममा प्राविधिक त्रुटीको कारण सुनुवारलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएका सुनुवारको काठमाडौंमा उपचार भइरहेको छ ।


विगत दस बर्षदेखि लाइन मेनको रुपमा काम गर्दै आएका रस्नालुका सुनुवारलाई करेन्ट लागेपछि झण्डै वीस मिनेट तारमा नै झुण्डिएका थिए । स्थानीयले विद्युत प्राधिकरणमा फोन गरेपछि लाइन काटिएपछि उनलाई तारबाट छुटयाइएको थियो । स्थानीय प्लेन्टमा काम गर्ने अप्रेटरको लापवाहीको कारण दुर्घटना भएको बताएका छन् ।


गोकुलगंगा गाउँपालिकाका प्रवक्ता खड्का अनुसार करेन्ट लागेर घाइते भएका सुनुवारको दुवै हात अप्रेसन गरिएको छ भने ढाडमा चोट लागेको छ । अस्पतालका अनुसार घाइते सुनुवारको अवस्था सुधारउन्नमुख रहेको छ । खिम्ती ग्रमिण विकास विद्युत सहकारी संस्था मार्फत रामेछापका पूर्व ११ गाविसमा विद्युतीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्