सुनापती गाउँपालिकामा तीन दिन सार्वजनिक विदा



८ मंसिर, रामेछाप ।
सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको पर्व २८५५ औ ल्होछार (फाग/ड्वा ल्हो)को अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाद्धारा जारी विज्ञप्तीमा गाउँकार्यपालिकाको बैठकले ल्होछार पर्वको अवसरमा माघ २१, २२ र २३ गते तीन दिन सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।


सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले तामाङहरुहरुको पर्वको अवसरमा तीन दिने विदा निर्णय भएको बताए । उनले गत बर्ष पर्व मनाउन एक दिनको मात्र विदा अपुग भएको गुनासो आएपछि यस बर्ष तीन दिने विदा दिने निर्णय भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार ल्होछार पर्वको अवसरमा काउँपालिकाको सहयोगमा सांस्कृति कार्यक्रम हुने पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्