पर्यटकीय क्षेत्र सैलुङमा हिमपात (फोटोफिचर)



पर्यटकीय क्षेत्र सैलुङमा हिमपात (फोटोफिचर)

माघ ९, रामेछाप ।
रामेछाप र दोलखा जिल्लाको सीमाना पर्यटकीय क्षेत्र सैलुङमा हितपात भएको छ । मंगलवारबाट पानी परेसँगै सैलुङ सहित आसपासका क्षेत्रमा हिमपात भएको हो । हिउ परेसँगै हिउ खेल्न आन्तरिक पर्यटकहरुको समेत भिड बढेको छ । दोरम्बा गाउँपालिकाले सैलुङसम्म जाने सडकको स्तरउन्नती गरेसँगै हिउ खेल्नको लागि आन्तरिक पर्यटकहरु जाने गरेका छन् ।

दोरम्बा गाउँपालिकाका अध्यक्ष कमान सिंह मोक्तानले हिउ खेल्न आन्तरिक पर्यटकहरु आउने क्रम सुरु भएको जानकारी दिए । त्यसैगरी रामेछापको उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातको कारण उच्च पहाडी क्षेत्रको जनजीवन समेत कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्