मुख्यमन्त्री पौडेलको सक्रियताः रामेछापको विकास गर्न जनप्रतिनिधिहरुसँग सुझाव लिदै



रामचन्द्र बि.क.

९ माघ, रामेछाप । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले रामेछापको विकास निर्माण गर्नको लागि जनप्रतिनिधिहरुसँग सुझाव लिने भएका छन् । रामेछापका २ नागरपलिकाका प्रमुख/उपप्रमुख , ६ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र ६४ वडाका वडा अध्यक्षहरुसँग सुझाव लिने भएका हुन् । समग्र जिल्लाको विकास निर्माणको बारेमा स्थानीय तहका प्रमुखहरुसँग परामर्श गरेर नीति तथा कार्यक्रम निर्माण गर्न लागेका छन् ।


जिल्ला समन्वय समिति रामेछापको आयोजनामा आगामी माघ १४ गते सदरमुकाम मन्थलीमा हुने कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले विकास निर्माणको योजना प्रस्तुत गर्ने भएका छन् । नगरपालिका र गाउँपालिकामा भइरहेको विकास निर्माणको काम र समस्याको बारेमा मुख्यमन्त्री पौडेलसँग खुल्ला छलफल हुने भएको छ ।


प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलको विशेष आतिथ्यतामा स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम तय भएको छ । रामेछाप प्रदेश सभा २ का सांसद समेत रहेका मन्त्री ढुंगेलले आगामी नीति तथा कार्यक्रम बनाउनको लागि स्थानीय तहका प्रमुखहरुबाट सुझाव संकलन गर्ने भएका छन् ।
जिल्ला समन्वय अधिकारी राजेन्द्र कुमार केसीद्धारा जारी गरिएको पत्रमा नगरपालिका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षको साथै रामेछापका ६४ वडाका वडा अध्यक्षहरुको सहभागी हुनेछ । मन्थली माविको मिडिया हलमा हुने कार्यक्रममा करिब एक सय भन्दा बढीको सहभागी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्